युगाण्डाद्वारा नेपाललाई १ सय ३ रनको लक्ष्य

काठमाडौँ - युगाण्डाविरुद्धको पहिलो टी–२० अन्तरराष्ट्रिय क्रिकेट जितका लागि नेपालले १०३ रनको चुनौती पछ्याउँदै छ।  खेलमा नेपालले टस जितेर पहिले बलिङ गरेकाे हाे। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले कसिलो बलिङ गर्यो। 

पहिलो पटक नेपाल भ्रमणमा रहेको युगाण्डाले शुरुआतमा ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०२ रनमात्र बनाएकाे हाे। जानेत एम्बाब्जीले सर्वाधिक २९ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा कबिता कुँवरले २ तथा रुबिना क्षेत्री, कबिता जोशी र इन्दू बर्माले १–१ विकेट लिएका हुन्। 

सन् २००७ बाट अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उदाएको नेपाली टिमले घरेलु मैदानमा पहिलो श्रृंखला खेलिरहेको हो। नेपाल र युगाण्डाबीच पाँच टी–२० खेल हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×