काठमाडाैँ - गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा गर्दै युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्यसचिब टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरेका हुन्।
यस्तै नवौंको नारा समेत सार्वजनिक गरिएको छ। लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन्। लोगो र मस्कट खुल्ला छनोट खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो। नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ। नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ। खेलकुदको नारा एकताबद्ध देश, खेलकुदको सन्देश रहेको छ।