यू-२३ राष्ट्रिय भलिबल टिमको लागि खेलाडी छनोट गरिने

काठमाडौँ - नेपाल भलिबल संघले यू-२३ राष्ट्रिय पुरुष भलिबल टिम बनाउनका लागि २३ वर्षमुनिका खेलाडी छनोट गर्ने भएको छ।

मंगलबार बसेको संघको कार्यसमिति बैठकले बंगलादेशको ढाकामा आयोजना हुने सिएभिए यू २३ पुरुष भलिबल प्रतियोगितालाई मध्यनजर गर्दै यू-२३ टिम बनाउन लागेको हो.

त्यसैका लागि ३ दिन सम्म खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने संघले निर्णय गरेको हो। पहिलो पटक सेन्ट्रल एसियाका राष्ट्रहरु सम्मिलित यू-२३ प्रतियोगिता ढाकामा आगामी डिसेम्बर २० देखि २७ सम्म आयोजना हुँदैछ। त्यसमा यसअघि नेपालले सहभागि जनाउने पक्का भएको संघले जनाइसकेको छ।

खेलाडी छनोट कार्यक्रम यही कात्तिक २१ देखि २३ गतेसम्म राष्ट्रिय खेलकुद परियदको कभर्डहलमा हुने संघले जनाएको छ। संघले सबै जिल्ला, क्लबहरुका २३ वर्ष मुनिका इच्छुक खेलाडीलाई छनोटमा सहभागिता जनाउन समेत आग्रह गरेको छ। छनोटमा सहभागि हुने नागरिकता साध ल्याउनुपर्नेछ।

यस्तै संघले बंगलादेशमै आयोजना हुने सीएभए महिला र पुरुष बिच भलिबल प्रतियोगिताका लागि पनि महिला र पुरुष टिमका लागि खेलाडी छनोट गर्ने जनाएको छ। बिच भलिबलको लागि पनि छनोट कात्तिक २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने संघले जनाएको छ।

साथै संघले ७ वटै प्रदेश भलिबल संघका अध्यक्षलाई इन्डोर भलिबल र बिच भलिबलका लागि छनोटमा आफ्ना खेलाडीहरु पठाउन आग्रह गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×