काठमाडौँ - नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औँ राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगितामा शनिबार हुनु पर्ने समूह चरणका तीनै खेल हुन सकेनन्। वर्षाका कारण मैदान भिजेपछि तीनै खेल सम्भव नभएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्रदेश १ र एपीएफ तथा नेपाल आर्मी र गण्डकी प्रदेशबीच खेल हुने तालिका थियो। मूलपानीमा लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच खेल हुनु पर्ने तालिका रहेको थियो।