टी-२० विश्वकप: इंग्ल्यान्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्डस् भिड्दै

काठमाडौँ - अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा बुधबार इंग्ल्यान्ड र आयरल्यान्डले दिनको पहिलो खेलमा प्रतिस्पर्धा गर्दा अर्को खेलमा अफगानिस्तानले आयरल्यान्डको सामना गर्दैछ।

समूह १ अन्तर्गत मेलबर्नमा हुने खेल ९:४५ मा इंग्ल्यान्ड र आयरल्यान्ड प्रतिस्पर्धा गर्दा दिउँसो १:४५ मा न्युजिल्यान्ड अफगानिस्तानसँग भिड्ने छ।

समूहमा न्युजिल्यान्डस र इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा जित निकाल्दै विजयी सुरुवात गरेकाले सेमिफाइनलमा आफ्नो दाबेदारी बलियो बनाउन लगातार दोस्रो जितको प्रयास गर्ने छन्। अफगानिस्तान भने आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित हुन पुगेको थियो। आयरल्यान्ड भने श्रीलंकासँग पराजित भएको थियो।

समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका, अस्ट्रेलिया, अफगानिस्तान र आयरल्यान्ड रहेका छन्। प्रतियोगितामा शीर्ष २ मा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन्। आयरल्यान्डविरुद्ध मैदान उत्रिँदै गर्दा इंग्ल्यान्ड आफ्नो पछिल्लो उत्कृष्ट छवि कायम राख्ने प्रयासमा हुने छ। इंग्ल्यान्ड पछिल्ला ५ खेलमा अपराजित रहेको छ। आयरल्यान्ड भने इंग्ल्यान्डलाई हराउँदै डार्क हर्सको रूपमा आफ्नो उपस्थिति चाहन्छ।

त्यस्तै, अफगानिस्तान पनि न्युजिल्यान्डलाई पराजित गर्दै विश्वकपमा सनसनीपूर्ण पुनरागमनको प्रयासमा हुने छ। तर, राम्रो लयमा रहेको न्युजिल्यान्ड भने अस्ट्रेलियालाई पराजित गर्दै विश्वकपमा बलियो आत्मविश्वासका साथ मैदानमा भएकाले सोही प्रदर्शन दोहोर्‍याउने ध्याउन्नमा हुने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×