स्वदेश फर्किँदै राष्ट्रिय क्रिकेट टिम

काठमाडाैँ - नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किँदैछ। स्कटल्याण्डमा आयोजना भएको आइसिसी पुरुष विश्वकप लिग-२ अन्तर्गतका खेलहरू खेलिसकेर क्रिकेट टिम स्वदेश फर्किन लागेको हो।

स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिष्पर्धा गरेको थियो। ४ वटा खेलमा नेपालले १ मा मात्रै जित हात पारेको थियो। नेपालले पहिलो खेल नामिबियासँग हारेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो।

त्यस्तै, तेस्रो खेलमा नामिबियासँगै हार व्यहोरेको थियो भने चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग लज्जास्पद हार व्यहाेरेकाे थियो।

७ टिम सहभागी विश्वकप लिग-२ को समूह चरणमा नेपाल २० खेलमा १७ अंकसहित समूहको छैटौँ स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×