काठमाडौँ - म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलोले एर्लिङ हल्याण्डबाट उत्कृष्ट प्रदर्शन आउन समय लाग्ने बताएका छन्।
हल्याण्डले प्रिमियर लिगको डेब्यु खेलमा वेष्टहृयामविरुद्ध २ गोल गरेका थिए। शनिबार राति भएको खेलमा बोर्नमाउथलाई ४-० गोल अन्तरले हराउँदा हल्याण्डले भने कडा डिफेन्सको सामना गर्नु परेको थियो। उनले पहिलो टचकै लागि १८ मिनेट कुर्नु परेको थियो।
यद्यपि प्रशिक्षक ग्वार्डिओला उनको व्यक्तिगगत प्रदर्शनलाई लिएर चिन्तित छैनन्। बोर्नमाउथ जस्तो डिफेन्सिभ टिमविरुद्ध स्ट्राइकरका रुपमा खेल्नु नै एर्लिङको कठिन काम भएको भन्दै उनले भने, ‘३ सेन्टल डिफेण्डर र उनीहरूका आगाडि २ खेलाडी राख्ने डिफेन्सिभ टोलीविरुद्ध स्ट्राइकर खेल्नु नै संसारको सबभन्दा कठिन काम हो।’
तर उनलाई असिस्ट गर्न उनका पछाडि राम्रो खेलाडीहरू रहेको भन्दै उनले यसको पनि समाधान निस्किने बताएका छन्।