काठमाडौँ - आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ। खेल बेलुका सवा ९ बजेबाट सुरु हुने छ। यस अघि नेपालले दुई खेलमा एकमा बराबरी र एकमा हार व्यहोरेको छ।
अस्ति अमेरिकासँगको खेलमा नेपालले बराबरी गर्दै अङ्क बाँड्यो भने त्यसअघि पहिलो खेलमा ओमानसँग नै १३ रनले पराजित भएको थियो।
नेपाल १४ खेलमा ६ मा जित, ७ मा हार र एक बराबरीसहित छैटौँ स्थानमा रहेको छ। नेपालको १३ अङ्क छ। त्यस्तै अमेरिका २२ खेलमा १० मा जित, ११ मा हार र एउटामा बराबरीसहित २१ अङ्ककासाथ चौथो स्थानमा छ।
ओमान ३४ खेलमा ४२ अङ्ककासाथ शीर्ष स्थानमा रहेको छ। नेपालले अब अन्तिम खेलमा अमेरिकासँग भोलि खेल्ने छ।