काठमाडौँ। बलिउड अभिनेत्री तापसी पन्नुको आउँदो चलचित्र ‘लूप लपेटा’को ट्रेलर सार्वजनिक गरिएको छ। आकाश भाटियाको निर्देशन रहेको चलचित्रमा तापसीसँग ताहिर राज असीन पनि मुख्य भूमिकामा रहेका छन्। फेब्रुअरी ४ मा ओटिटि प्ल्याटफर्म नेटफ्लिक्सबाट प्रदर्शनमा आउन लागेको चलचित्र कमेडी विधामा आधारित रहेको छ। एल्लिप्सिस एन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा डा.विनय चाँवल, केतन पेडगान्कर, आक्ष भाटिया र अर्नभ भेपा नान्दुरीले संयुक्त रूपमा लेखेको कथा रहेको छ।
ट्रेलर: