काठमाडौँ। बलिउड अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र 'गंगूबाई काठियावाडी' सिनेमाघरमा प्रदर्शनमा आएको ८ हप्तापछी मात्र ओटिटि प्ल्याटफर्ममा रिलीज हुनेछ। यो चलचित्र नेटफ्लिक्समा रिलीज हुनेछ। चलचित्रको व्यापारमा कुनै असर नपरोस् भनेर निर्माण पक्षले यो निर्णय लिएको हो। भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रले अहिलेसम्म करिब १५० रुपैँयाको व्यापार गरिसकेको छ।