बलिउड फिल्म ‘उचाई’को पोस्टर सार्वजनिक

काठमाडौँ -  बलिउड फिल्म ‘उचाई’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरको पृष्ठभूमिमा सगरमाथा र मुख्य कलाकार अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरलाई देख्न सकिन्छ।

आगामी कात्तिक २५ गतेबाट प्रदर्शन हुने फिल्मले मिल्ने साथीहरुको मित्रताको कथालाई समेटेको छ। राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मको पहिलो चरणको छायाङ्कन काठमाडौंलगायत लुक्ला, नाम्चे र मनाङमा भएको थियो। बाँकी छायाङ्कन भने भारतको मुम्बईमा गरिएको थियो।

फिल्ममा अनुपम, बोमन, अमिताभका साथै परिणिती चोपडा र सारिका हसनको पनि भूमिका रहेको छ। साथै फिल्ममा परमिता राणालगायत नेपाली कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक वर्जत्यले यसअघि ‘मेने प्यार किया’, ‘हम आपके हे कौन’, ‘प्रेम रतन धन पायो’ जस्ता सफल फिल्महरु निर्देशन गरिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×