बूढानीलकण्ठ नगरपालिकाका ७ वडाको मत गणना सम्पन्न

काठमाडौँ - हाल सम्म बूढानीलकण्ठ नगरपालिकाका ७ वडाको मत गणना भइसकेको छ। त्यसमध्य वडा नं १ मा एमालेको प्यानल नै विजयी भएका छन्। त्यसै गरी वडा नं २ मा वडा अध्यक्ष नेकपा एमालेले हात पार्‍यो भने अन्य सदस्यमा काँग्रेसबाट निर्वाचित भएका छन्। वडा नं ३ मा स्वतन्त्र उमेद्वार वडा अध्यक्षमा निर्वाचित भए भने महिला सदस्य काँग्रेसले हात पार्‍यो। त्यस्तै अन्य सदस्यहरु नेकपा एमालेबाट निर्वाचित भएका छन्।

यसै गरी वडा नं ४ मा काँग्रेसको प्यानल नै विजयी भएको छ। वडा नं ५ मा वडा अध्यक्ष र एक सदस्य काँग्रेसका उमेदवार निर्वाचित भएका छन् भने अन्य सदस्यहरु एमालेबाट निर्वाचित भएका छन्। यसै गरी वडा नं ६ मा वडा अध्यक्ष र महिला सदस्यमा नेकपा एमालेका उमेदवार निर्वाचित भए भने अन्य सदस्य नेपाली कांग्रेसको पोल्टामा पर्‍यो। यसै गरी वडा नं ७ मा नेकपा एमालेको प्यानल नै विजयी भएका छन्।

अहिले वडा नं ८ को मतगणना हुँदैछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×