ताराखोला गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सहायता

बागलुङ - ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ताराखोला गाउँपालिकाले ८५ वर्ष नाघेका सबैलाई फाइबर सिरक र टर्च लाइट प्रदान गरेको छ। 

पाँचवटै वडामा गरी ८३ ज्येष्ठ नागरिकलाई ती सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ। ज्येष्ठ नागरिकको सम्मानार्थ गाउँपालिकाले चालु आवमा रु दुई लाख ५० हजार बजेट छुट्टयाएको थियो। सोही बजेटबाट ८५ वर्षमाथिका सबै नागरिलाई सम्मान र सहायता सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रशासन सहायक जीत सुनारले बताए।

 “यो गाउँपालिकाको नियमित कार्यक्रम नै हो, गत वर्ष कोभिडका कारण सामग्री वितरण गर्न सकिएको थिएन, अहिले वडा तहमै गएर प्रदान गर्‍यौँ”, उनले भने। गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले ज्येष्ठ नागरिकको सम्मानस्वरुप उपयोगी सामग्री प्रदान गरिएको बताए। 

बजेटले भ्याएमा ८५ वर्षभन्दा कम उमेरका भए पनि द्वन्द प्रभावित र अतिविपन्न परिवारका ज्येष्ठ नागरिकलाई पनि फाइबर सिरक र टर्च लाइट प्रदान गरिने उनको भनाइ छ। उपाध्यक्ष पुनले ज्येष्ठ नागरिक सम्मानलाई वर्षेनी निरन्तरता दिइने उल्लेख गरे। “उमेर बढ्दै जाँदा ज्येष्ठ नागरिकलाई आइपर्ने समस्यामा गाउँपालिका सहयोगी बनेको हो, ज्येष्ठ नागरिकमैत्री नीति, कार्यक्रम ल्याउन हाम्रो सधैँ पहल रहन्छ”, उनले भने। यहाँका अन्य स्थानीय तहले पनि ज्येष्ठ नागरिलाई लक्ष्य गरी यस किसिमका सहायता कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×