महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारको छापा

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारले छापा मारेको छ ।

गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले छापा मारेको हो । गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न ३२ वटा उजुरी परेको अख्तियार स्रोतले बतायो । त्यसैले अनुसन्धानका लागि छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।

जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरीको आधारमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता मणिराम ज्ञवालीले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×