काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेताहरु एमसीसीबारे अनौपचारिक छलफलमा जुटेका छन्। संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल गरेको हो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा कार्यालयको विस्तारित बैठक बसिरहेको र एमसीसी लगायत समसामयिक राजनीतिको विषयमा छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ।