हिमा नदीका असला माछाको संरक्षण गरिँदै

जुम्ला - जुम्लाको सिञ्जा गाउँपालिकाले हिमा नदीका असला माछाका भुरा संरक्षण गर्ने भएको छ। गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै असला जातका माछाका भुरा संरक्षण गर्ने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए। 

अति लोकप्रिय अवस्थामा रहेको असला माछाका भुरा संरक्षणमा पालिका लागिपरेको छ। अध्यक्ष धितालले भने, “नदी संरक्षणका लागि नदीमा विषादी प्रयोग गर्न नदिने, विद्युतीय सामग्री, गोलाबारुद र मछर झुल प्रयोग गरेर माछा मार्न नपाइने नभएको छ।” हिमा नदीमा पाइने असला जातका माछाका भुरा बचाउने उद्देश्यका साथ गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै पारित गरेको जनाइएको छ।

गाउँपालिका पशुपक्षी विकास शाखाका संयोजक मित्रलाल धितालले हिमा नदीमा पाइने असला जातका माछा हराउने अवस्थामा पुगेको छ। नदीमा माछा मार्नका लागि पासो हाल्ने, करेन्ट लगाउने, जाल हान्नेलगायतका कार्यले असला जातका माछा लोप हुने अवस्थामा पुगेका छन्। अहिले विभिन्न खालका औजार प्रयोग गरेर माछा मार्ने प्रविधि बढेको छ। 

माछा संरक्षणका लागि अहिलेदेखि नै गाउँपालिकाले बजेट निर्माणमै यो कार्यक्रम पारित गरेको गाउँपालिका पशुपक्षी विकास शाखाका संयोजक धितालले बताए। 

गाउँपालिकाको पशुपक्षी शाखाका अनुसार यदि कसैले नदीमा गएर माछाका भुरा मार्ने कार्यमा संलग्न भए नजिकै प्रहरीचौकीलाई जानकारी गराउन गाउँपालिकाले सबैलाई अनुरोधसमेत गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×