काठमाडौँ - अभिनेता दयाहाङ राई छोराको पिता बनेका छन्। उनकी श्रीमती बेनुका राईले शुक्रवार विहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन्।
उनीहरुको यसअघि पनि एक छोरा छन्। पहिलो सन्तान जन्मिएको १० वर्षपछि बेनुका र दयाहाङ दोस्रो पटक आमा-बुबा बनेका हुन्।
दयाहाङ र बेनुका २०६५ सालमा वैवाहिक जीवनमा बाँधिएका थिए भने २०६९ सालमा उनीहरु छोराको आमा-बुबा बनेका थिए। बेनुका बिहेअघि गायन क्षेत्रमा सक्रिय थिइन्। बिहेपछि भने उनले घर सम्हाल्दै पतिको करिअरमा साथ दिँदै आएकी छिन्।
फिल्मको कुरा गर्दा दयाहाङ अभिनीत २ नयाँ फिल्म ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ प्रदर्शनको क्रममा रहेका छन्।