चेन्नईले क्यापिटल्सलाई ९१ रनले पराजित गर्यो

काठमाडौँ -  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ। यो चेन्नईको चौंथो जित हो।

भारतको मुम्बईमा आइतबार राति भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको हो। यो जीतले पनि चेन्नईको प्लेअफमा पुग्ने सम्भावना कम नै छ, तर हरेक जीतसंगै अन्य टीमको खेल बिगार्न सक्छ। यो टीमले अब प्वाइन्ट टेबलको गणितलाई भने रोचक बनाइदिएको छ।

सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २०९ रनको लक्ष्य भेट्न नसक्दा दिल्ली पराजित भएको हो। दिल्ली १७ ओभर ४ बलमै अलआउट हुँदै १ सय १७ रनमा समेटिएको थियो।

यो जितसँगै चेन्नईले ११ खेलमा ८ अंक जोडेको छ। आइतबारको शानदार जितपछि चेन्नई आठौं स्थानमा उक्लिएको छ। दिल्ली भने ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×