फिल्म 'मीलन'को ट्रेलर सार्वजनिक

काठमाडौँ - टेक पौरखी राईले निर्देशन गरेको फिल्म 'मीलन'को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा अभिनेता सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापाबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ।

फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, विशाल पहाडी, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करण थापा मगरलगायत कलाकारको अभिनय रहेको छ। कुशल र शिल्पा यसै फिल्मबाट डेब्यु गर्दैछन्।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्मको कथा निर्देशक राईले नै लेखेका हुन्। काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको फिल्मका निर्माता प्रविन थापा हुन्। राहुल राईले छायांकन गरेको फिल्मलाई तारा किम्बे थापाले सम्पादन गरेका छन्।

यो फिल्म कात्तिक १८ गतेदेखि प्रदर्शन हुँदैछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×