मोटरसाइकल कर्णाली नदीमा खसेर दम्पतीको मृत्यु

काठमाडौँ - कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ ।

बुधबार साँझ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको हो ।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट झण्डै दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाऊँ तर्फ आइरहेका थिए ।

दुवै जनालाई मोटरबोटको सहायताले उद्धार गरिएको थियो । मृतकका शव टीकापुर अस्पतालमा राखिएको छ ।

मृतकका बुवा मोतीराम ढकालको पनि पाँच वर्षअघि अछाममा बस दुर्घटनामा परी ज्यान गएको थियो । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×