सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय

काठमाडौँ- सत्ता गठबन्धन दलको खटपट मिलाउन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले पुनः संविधानको धारा १६८ (२) अनुसारकै मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय दिएका छन् । 

यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले गरेको दाबी खारेज गर्दै प्रदेश प्रमुख मियाँले सत्ता गठबन्धनका शीर्ष नेताहरूले काठमाडौंमा गरेको सहमतिका आधारमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः संविधानको धारा १६८ (२) कै व्यवस्थालाई पछ्याएका हुन् । 

यसअघि सोही धारालाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान भएकोमा नागरिक उन्मुक्तिका दुई जना सांसदहरू लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्ला बेग्लै समर्थक जुटाएर दाबी पेश गरेका थिए । एउटै पार्टीबाट दुई जनाको दाबी परेको र त्यसमाथि पनि केन्द्रीय सत्ता गठबन्धनको प्रतिकूल हुने गरी गठबन्धन बन्दै गरेको अवस्थामा दुई दिनसम्म प्रदेश प्रमुख मियाँले अन्योलमा राखेर कुनै निर्णय गरेनन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं सत्ता गठबन्धन दलभित्र छलफल गरेर एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन समझदारी गरेपछि प्रदेश प्रमुख मियाँले पहिलेका दाबी खारेज गरेर नयाँ आह्वान गरेका हुन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×