खेलाडीको बयान: 'हामीलाई क्याम्पबाट निकालिएको हो'

काठमाडाैँ - मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडी बिचको विवाद समाधान समितीले सबैको बयानको प्रक्रिया पुरा गरेको छ। मुख्य प्रशिक्षक अब्दुल्लाहविरुद्ध बिद्रोह गरेर प्रशिक्षण क्याम्प नै छोडेका खेलाडीले आफुहरुलाई निकालिएको बयान दिएका छन्। 

अखिल नेपाल फुटबल संघ एन्फाले यो विवाद समाधानका लागि भिक्टोर राणाको संयोजकत्वमा तीन सदस्सिय छानविन समिती गठन गरेको थियो। सो समितीले प्रशिक्षक र केहि खेलाडीको बयान पुरा गरेको छ। जतिपनि खेलाडीले बयान दिएका छन, उनीहरुले आफुहरुलाई क्याम्पबाट निकालिएको बताएका छन्।

बयानमा खेलाडीले सञ्चार माध्यम र बाहिर जुन किसिमको समाचार आयो, त्यो सत्य नभएको र आफुहरुले क्याम्प जानीजानी नछोडेको बताएका छन्। प्रशिक्षकले पटक पटक क्याम्प छोडेर जान भनेर भनेपछि बाध्य भएर आफुहरुले प्रशिक्षण छोडेको बयान दिएका छन्। 

यसका साथै बयानमा उनीहरुले आफुहरुलाई फेरी प्रशिक्षणमा समावेश गर्न भनेर भन्दापनि सत्यतथ्य छानविनका लागि माग गरेको बताएका छन्। 

रोहितले होस्टेलमा खानबस्न राम्रो ब्यवस्था नभएको भन्दै प्रशिक्षकको विरोधमा बोलेका थिए। जबकी खेलाडीलाई त्रिपुरेश्वर स्थित होटेलमा राखिएको थियो। त्यसपछि यो घटनाक्रमले अर्को मोड लिएको थियो। सुरुवातमा टिम ब्यवस्थापनले खेलाडीले जानकारी नै नदिई होटेल छोडेको बताएका थिए।

तर त्यसको खण्डन गर्दै खेलाडीले टिमका म्यानेजरलाई जानकारी दिएको बताएका थिए। उनीहरुले प्रशिक्षकले गर्ने ब्यवहारबाट वाक्क भएको र खेलाडीको हकहितका लागि आफुहरुले आवाज उठाएको बताएका थिए।  

छानविन समितीले प्रशिक्षक अब्दुल्लाहसँग पनि बयान लिएको छ। यस्तै शनिबार एन्फा पदाधिकारी र अफिसियलसँग पनि बयान लिनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×