काठमाडौं - दुई टी–२० अभ्यास खेलअन्तर्गत नेपाललेआज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । नेपालका रोहित पौडेल र आयरल्यान्डका निल रकको कप्तानीमा खेल दिउँसो १ बजे कीतिपुरस्थित क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । त्यसैले प्रदर्शन खेलाडीहरु विना दबाब मैदानमा प्रस्तुत हुनेछन् ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द रहेका छन् ।