पीडित बालिकाको पक्षमा अभिनेत्री ऋचा शर्मा

काठमाडौँ। अभिनेता पल शाह जबरजस्ती करणीको उजुरी परेपछि न्यायिक हिरासतमा छन्। उनलाई तनहुँ प्रहरीको न्यायिक हिरासतमा राखिएको छ। र, यसैबिच पीडित नाबालिग बालिकाको पक्षमा अभिनेत्रीहरूले समेत आवाज उठाउन लागेका छन्। 

मंगलबार अभिनेत्री रेखा थापा, अभिनेत्री ऋचा शर्मा आदि पीडित बालिकाको समर्थनमा उभिएका छन्। अभिनेत्री ऋचाले सञ्जालमा लेखेकी छिन् "मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले। नाबालिगको संरक्षण, कानुनको सम्मान हो।'

   

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×