दमक - स्व मुगाधन कृष्ण कुमारी राई स्मृति प्रतिष्ठानले आज प्रदेश नं १ का महिला भलिबल खेलाडीलाई खेल पोशाक वितरण गरेको छ।
प्रजातन्त्रका सेनानी स्वर्गीय राईको १६ औं स्मृति दिवसको अवसर पारेर सो सामग्री वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी लिम्बूले बताए।
ती पोशाक प्रतिष्ठानका सदस्यसमेत रहेका बेलायत बस्दै आएका बक्सिङ खेलाडी रवीन राईले प्रायोजन गरेका थिए। पोशाक हस्तान्तरणमा स्व राईका परिवारका तर्फबाट बुहारी सवनम राई, छोरा रञ्जन राई, नाति विजय सुब्बालगायत खेलप्रेमीको उपस्थिति रहेको थियो।