लोक भजन संरक्षण अभियान

काठमाडौँ । जिल्ला भजन समिति बागलुङले परम्परागत लोक भजन संरक्षणका लागि वाद्यवाधन जोहो गर्ने अभियान थालेको छ।

स्थानीय भजनको संरक्षणका लागि आवश्यक वाद्यवाधनका सामग्री जुटाउन समितिले आर्थिक सङ्कलन अभियान समेत थालेको हो। तत्काल वाद्यवाधनका सामग्रीको अभाव भए पनि पुराना लोक भजन बचाउनका लागि प्रशिक्षण केन्द्र नै स्थापना गरी अभियान सुरु गरिएको जिल्ला भजन समितिका संयोजक टेकबहादुर केसी ‘सङ्गम’ले जानकारी दिए। पुराना र नयाँ पुस्तालाई जोडेर भजनको संरक्षण अभियान थालिएको उनले बताए।

“बागलुङमा गाउँअनुसार धेरै लय र भाकाका राम्रा भजन छन्”, केसी भने, “यी सांस्कृतिक सम्पत्तिको संरक्षण हामीले नगरे कसले गर्छ? त्यसैले लोक भजनको संरक्षणमा लागेका छौँ।” समयमा अभियान नचलाउने हो भने मौलिक लय र भाकाका पुराना भजन हराउनबाट जोगिने उनको तर्क छ। भजन संरक्षणका लागि आवश्यक वाद्यवाधन जुटाउनका लागि देश–विदेशमा सहयोग सङ्कलन अभियान स्वःस्फुर्त सञ्चालन भइरहेको केसीले जानकारी दिए।

“तत्काल हामीलाई चाहिएको स्वरयन्त्र हो, अन्य सामग्री हामीसँग छन्”, केसीले भने, “रु. तीन लाख आवश्यक बजेट हो, दुई लाख जति सङ्कलन भइसकेको छ।” अमेरिकालगायतका तेस्रो मुलुक र नेपालमा पनि युवाहरूले समितिको अभियानमा साथ दिएको उनले बताए। “हामीसँग कला, संस्कृति छ, सङ्ग्रह गरेर राख्ने र प्रचार गर्ने गरेका छैनौँ”, उनी भन्छन्, “ हाम्रो अभियान कला र संस्कृति अरुलाई देखाउने र सिकाउने हो।” भजनलाई पछिल्लो समय व्यावसायिकरूपमा अगाडि बढाउने विभिन्न प्रयास भएको उनले जानकारी दिए।

केही कलाकारले भजनबाटै जीविकोपार्जनका लागि मेहेनत पनि गरेका छन्। भजनलाई व्यावसायिक रूपमा अगाडि बढाउन शब्द चयनदेखि पुराना लय र भाका भुल्न नहुने समितिका सल्लाहकार दुर्गाबहादुर आचार्यले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×