इन्टर मिलान गर्यो सान्चेजसँगको सम्झौता अन्त्य

काठमाडौँ - इन्टर मिलानले फरवार्ड इलेक्सिस सान्चेजसँगको सम्झौता अन्त्य गरेको छ। इन्टर मिलानले सान्चेजसँग सहमति गर्दै सम्झौता अन्त्य गरेको हो।

म्यानचेष्टर युनाइटेडबाट सन् २०१९ मा लोनमा इन्टर मिलान आएका चिलीका स्टार खेलाडी सान्चेजले सिरी ए मा इन्टरका लागि १०९ खेलमा २० गोल गरेका छन्।

३३ वर्षीय सान्चेजले इन्टरलाई ११ वर्षपछि पहिलो लिग उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए तर पनि उनी नियमिय खेलका लागि संघर्ष गर्नुपरेको छ। आर्सनलमा ४ सिजन बिताएका सान्चेज फ्रान्सेली टोली मार्सेली जाने सम्भावना रहेको छ।

इन्टरले १ विज्ञप्ति जारी गर्दै सान्चेजलाई पछिल्ला ३ सिजनका लागि धन्यवाद दिनुका साथै भविष्यको लागि शुभकामना दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×