काठमाडौँ। २४ दिनपछि न्यायाधीशहरुले नियमित मुद्दा हेरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरुले शुक्रबार २४ दिनपछि नियमित मुद्दा हेरेका हुन्। १८ जना न्यायाधीशले ९ वटा संयुक्त र १ एकल इजलासबाट मुद्दाको सुनुवाइ गरेका हुन्।आज प्रधानन्यायाधीशले आफ्ना लागि इजलास नतोकेपछि न्यायाधीशहरु इजलासमा नियमित मुद्दा हेर्न गएका थिए।
बिहीबार प्रधानन्यायाधीश राणा बाहेकका १८ जना न्यायाधीशको सहभागितामा बसेको सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले मुद्दाको पेसी तोक्दा गोलाप्रथा प्रणाली अपनाउने निर्णय गरेपछि शुक्रबारदेखि न्यायाधीशहरु नियमित सुनुवाइमा फर्किएका हुन्। गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रिया भने आइतबारदेखि सुरु हुने बताइएको छ।