काठमाडौँ - गायक एवं सर्जक देवेन्द्र बब्लुले ‘थोरै माया’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।
आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा उनकै शब्द तथा संगीत रहेको छ। विशाल घिमिरेको निर्देशन रहेको भिडियोमा देवेन्द्र स्वयं प्रस्तुत छन्। सुनिल विकको छायांकन रहेको म्युजिक भिडियोलाई उत्तमकुमार कार्कीले सम्पादन गरेका हुन्।
देवेन्द्रले ‘थोरै माया’ थोरै लोक लय, थोरै पश्चिमी फ्यूजन र धेरै भावना मिसिएको गीत भएको बताएका छन्। उनका ‘म हाँसे हास्छौँ र ?’, ‘भेटै हुन्न कि’, ‘म त पर्खेको पर्खै छु’ लगायतका गीत चर्चित छन्।