ओखलढुङ्गा - ओखलढुङ्गामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। मोलुङ गाउँपालिका-४ स्थित भीरबाट लडेर उनको मृत्यु भएको हो। मृत्यु हुनेमा मोलुङ - ४ घले गाउँ निवासी ३८ वर्षीया मीना सुनुवार रहेको छिन्।
शुक्रबार साँझ करिब पौने ४ बजे गुठी पाताल जंगलमा घाँस काटेर फर्कँदै गर्दा उनी भीरबाट लडी गम्भिर घाइते भएकी थिइन्। उनलाई मिसन अस्पताल ओखलढुंगामा तत्काल उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा राती करिब पौने ९ बजे मृत्यु भएको प्रहरीले बताएको छ।