कोरोना संक्रमण बढेसँगै ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिने तयारी

काठमाडौँ - पछिल्ला केही सातादेखि कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक अधिकारीका अनुसार पहिलो चरणमा ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाका लागि बुस्टर डोज दिने योजना छ।

‘दोस्रो बुस्टर डोज दिने विषयमा छलफल भइरहेको छ,’ ती अधिकारीले भने, ‘निर्णय भने गर्न बाँकी छ, कुन समूहलाई पहिलो प्राथमिकता दिने भन्ने विषयमा छलफल भइरहेको छ।’ पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या पनि बढिरहेको र संक्रमणसँगै मृत्युदरसमेत बढिरहेकाले दोस्रो बुस्टर डोजको विकल्प’दयगत छलफल भएको ती अधिकारी बताउँछन्।

पछिल्लो एक महिनाको अवधिमा कोरोना संक्रमणबाट मृत्यु भएमध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ। एक महिनाको तथ्यांक हेर्दा मृत्यु भएकामध्ये १५ जनाले कोरोना खोप नलगाएको भेटिएको छ। राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×