एजेन्सी - भारतका विदेश मन्त्री एस जयशंकर श्रीलङ्का आइपुगेका छन्।
श्रीलङ्काको राजधानी कोलम्बो आए लगत्तै उहाँले श्रीलङ्काका अर्थ मन्त्री बसिल राजापाक्षसँग भेटवार्ता गरेका छन्।
आर्थिक सङ्कटमा परेको श्रीलङ्काको आर्थिक अवस्थामा कसरी सुधार ल्याउने भन्ने बारेमा उनीहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन्।
भेटका क्रममा श्रीलङ्कालाई भारतले के कसरी सहयोग गर्न सक्छ भन्ने बारेमा छलफल भएको र भारतको तर्फबाट सहयोगको बचन दिएको उनीहरूको भनाई छ।
विदेश मन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् आफ्नो भेटवार्ताका बारेमा जानकारी दिएका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि गत शुक्रबार श्रीलङ्काको आर्थिक सङ्कट व्यवस्थापनका लागि सबैलाई अनुरोध गरेको थियो।
बिमस्टेक बैठकमा सहभागी हुनका लागि श्रीलङ्का आएको मौकामा विदेशमन्त्री जयशंकरले भेटवार्ता गर्नु भएको हो। उनी यही मार्च २८ देखि ३० सम्म श्रीलङ्कामा रहने भएको छ। मार्च २९ मा बिमस्टेकको बैठक आयोजना गरिएको छ।