भारत। बहुप्रतिक्षित बलिउड चलचित्र ‘भूल भुलैया-२’ प्रदर्शनको तयारीमा रहेको छ। अभिनेता कार्तिक आर्यन र अभिनेत्री कियारा आडवाणी मुख्य भूमिकामा रहेकाे चलचित्र सन् २०२२ मे २० बाट प्रदर्शनमा आउने भएको।
टी-सिरिज र सिने वनको ब्यानरमा निर्माण भएको चलचित्रलाई भूषण कुमार, मुराद खेतानी र कृष्ण कुमारले निर्माण गरेका हुन्। चलचित्रमा अनीश बजमीको निर्देशन रहेको छ। त्यसैगरि चलचित्रको कथा फरहाद सामजी र आकाश कौशिकले लेखेका हुन्।