पाठ्यपुस्तकका ‘टपिक्स डाउनलोड’ गरी वितरण

मनाङ - नयाँ शैक्षिकसत्र लागेदेखि करिब दुई महिनापछि विद्यार्थीले सबै पाठ्यपुस्तक पाएका छन्। हिमाली जिल्ला मनाङका विद्यार्थीले कक्षा सञ्चालन भएको लामो समयपछि पुस्तक हेरेर पढ्ने अवसर पाएका छन्। 

जिल्लाका शिक्षकहरूले पाठ्यपुस्तकको विषयहरू डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीहरूलाई हेन्सआउट दिएर पठनपाठन गरिँदै आएको थियो। टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई पुस्तक पाएपछि विद्यार्थीहरूले सहजरूपमा पठनपाठन भएको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए।

“पाठ्यपुस्तकको अभाव हटेपछि बालबालिका पनि खुसी र सहज पठनपाठनमा लागेका छन्, सरकारले बालबालिकाको भविष्यलाई असर पार्ने कार्यको अन्त्य गर्नतर्फ सचेत भए हुनेथियो”, उनले भने। पुस्तक आएपछि जिल्लाका विद्यार्थीको पठनपाठन सहज बनेको उनी बताउँछन्। विद्यार्थीहरू विद्यालय आए पनि पुस्तकबिनाको पठनपाठन र विद्यार्थीलाई बुझाउन पनि सहज बनाएको प्रअ कोइरालाले बताए।

सो विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक पाएपछि होमवर्क गर्दा हुने समस्या हटेको बताउँछन्। “शिक्षकले सिकाउँदा नुबुझेका कुराहरू किताब हेरेर पढ्न पाएको छ। किताब पाएपछि शिक्षकले दिएका होमवर्क सजिलो भएको छ”, उनले भने। 

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपार्इँले नयाँ शैक्षिकसत्र लामो समयपछि बल्ल विद्यार्थीको हात–हातमा पुस्तक थमाउन पाएको बताए। उनका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जेठको दोस्रो सातासम्म आङ्शिक पाठ्यपुस्तक मनाङ पठाएको थियो।

“आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठनपाठन भएको थियो। अब सबै पाठ्यपुस्तक आएर विद्यार्थीसम्म पुर्याएका छौँ। विद्यार्थीहरू पनि हर्षित भएका छन्”, उनले भने। विकट क्षेत्रमा बाढीपहिराको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिकसत्र सुरु हुनुअगावै विद्यार्थीहरू अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ।

शैक्षिकसत्र सुरु भएको लामो समयसम्म पाठ्यपुस्तक अभावका गुनासो अन्त्य भएको थियो। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले करिब डेढ महिना पाठ्यपुस्तक छपाइ गर्न समय लाग्ने भनेको थियो।

सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ। विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यवसायी र कक्षा ४ देखि १० सम्म सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएका छन्। केन्द्रले स्थानीय बिक्रेतामार्फत ७७ वटै जिल्लामा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक ढुवानी गरी यही जेठ ५ गतेदेखि बिक्री वितरण गर्दै आएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×