‘मुन्द्रेको कमेडी क्लब’ पुन: प्रसारणमा आउने तयारीमा

काठमाडौँ। लोकप्रिय हास्यव्यंग्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ पुन: प्रसारणमा आउने तयारीमा रहेको छ। कार्यक्रम सञ्चालक कलाकार जीतु नेपालले सामाजिक सञजालमार्फत यो कुराको जानकारी दिएका हुन्। कार्यक्रम दिनेश डिसीले निर्देशन गर्ने पनि उनले बताएका छन्।

सञ्जालमा उनले लेखेका छन् " सबैमा हार्दिक नमन सहीत सानो जानकारी दिन चाँहे.....
मुन्द्रेको कमेडी क्लब पुन प्रसारण होस भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्म तिर लाग्दै छु।हिजोका केही कमिकमजोरीहरुलाई हटाँउदै नयाँ जोश जाँगर र उत्साह सहित आउन लागेका छु।केही नयाँ अनुहार,नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोग सहित,मेरो आदरणीय गुरु दिनेश डि .सी.दाईको निर्देशनमा तयार गरिने अबका भागहरु अवस्य हजुरहरुलाई मनोरञ्जन दिन सफल हुनेछ भन्ने बिस्वास लिएका छु। क्लबमा सहभागी हुने नयाँ पात्रहरु,प्रसारण हुने टेलिभीजन,मिती र समय चाँडै नै एक कार्यक्रमका बिच सार्वजनिक गर्नेछौ। सबै आदरणीय दर्शकहरु बाट पाईरहेको माया साथ र हौसला निरन्तर मिल्नेछ भन्ने आशा लिएका छु। "मुन्द्रे" केही आत्तीएला तर मात्तिने छैन। मुन्द्रेले धेरै हसाउन न सक्ला तर रुवाउने छैन। मुन्द्रेले धेरै राम्रो गर्न न सक्ला तर न राम्रो गर्ने छैन। हजुरहरुले माया गरेर नामनै परिवर्तन गरिदिनु भयो, "मुन्द्रे" बनाईदिनु भयो,अनि हजुरहरुले बनाएको "मुन्द्रे"निराश भएर घर बसेको हेर्न चाहनु हुन्छ त...? त्यसैले अब आउँछ "मुन्द्रे" आफ्नो क्लब लिएर हजुरहरुको माँझमा....सबै प्रती हार्दिक नमन।"
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×