काठमाडौँ। बसन्त अर्यालको शब्द, संगीत तथा आवाज रहेको नयाँ गीत 'जय महादेव' सार्वजनिक भएको छ। गीतमा राजेन्द्र बजगाईको संयोजन रहेको छ।
गीतको भिडियोमा जी.बि चिरन, विजय पुन, बिना राउत,सरोज प्रजा, दिनेश कठायत, अर्जुन भुषाल, भद्र कुँवर, ऋषी बराल, गौरव गिरि, राहुल बराइली, बिनोद खड्का, क्रितिषा के.सी र राज घलानको अभिनय रहेको छ। ऋषी बरालको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'आहा टिभी'बाट सार्वजनिक गरिएको हो।