काठमाडौँ - नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इङ्ग्ल्यान्डले नर्वेलाई ८-० अन्तरले पराजित गरेको हो।
पहिलो हाफमा ६ गोल र दोस्रो हाफमा २ गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरेकी हुन्। यस्तै, एलेन ह्वाइटले २ गोल गर्दा जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोले समान १ गोल गरेका थिए।
महिला युरोमा एकै खेलमा ८-० को फराकिलो जित पहिलोपल्ट सम्भव भएको हो। लगातार दोस्रो जितसँगै इंग्ल्याण्ड समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगेको छ। पराजित नर्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।