पाँच खेलको क्रिकेट शृङ्खलामा भारतसँग वेष्ट इन्डिज पराजित

काठमाडौँ - पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा भारतले वेष्ट इन्डिजलाई पराजित गरेको छ। 

घरेलु टोली वेष्ट इन्डिजलाई भारतले ८८ रनले पराजित गरेको छ। योसँगै भारतले ५ खेलको सिरिज ४-१ ले जितेको छ।

पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ६८ रनले हराएको थियो। दोस्रो खेलमा वेष्ट इन्डिजले ५ विकेटले जित्दै १-१ को बराबरी गरको थियो। त्यस्तै तेस्रो, चोथो र पाँचौँ खेल भारतले आफ्नो पक्षमा पारेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो। ओपनिङमा आएका श्रेयस अय्यरले सर्वाधिक ६४ रनको इनिङ खेलेका थिए। दीपक हुडाले ३८ र कप्तान हार्दिक पाण्डेयले २८ रन बनाएका थिए।

जवाफमा वेष्ट इन्डिजको टोली १५.४ ओभरमा १०० रनमा अलआउट भएको थियो। शिमरोन हेटमायरले ५६ रन बनाएका थिए। भारतका लागि रवि बिश्नोईले सर्वाधिक ४ विकेट लिए। अक्षर पटेल र कुल दीप यादवले ३/३ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×