काठमाडौँ। बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडाको प्रेमसमबन्ध बारे सायदै कोहि अनभिज्ञ होला। जोडी सामाजिक सञ्जालमा पनि एकअर्का प्रति माया देखाईरहन्छ। यसैबिच एक नराम्रो खबर बाहिर आएको छ। खबरका अनुसार अर्जुन र मलाइबिच ठुलो झगडा परेको छ। कोरोना महामारी अलिकती सामान्य भएसँगै सिनेमाघरहरू खुले र चलचित्रकर्मीहरू पनि व्यस्त हुन थाले। अभिनेता अर्जुन कपूर पनि निकै व्यस्त भएका छन्। उनको यहि व्यस्तता सम्बन्धमा खटपट निम्त्याउने औजार बनेको छ। बिभिन्न चाडवाड सँगै मनाउने गरेको जोडीले अर्जुनको व्यस्तताका कारण क्रिसमस र नयाँवर्षको खुशी सँगै साट्न नपाउने भएका छन्। अर्जुनले मलाइकालाई समय दिन नपाउने बताएपछी उनीहरुकोबिचको सम्बन्ध चिसिन थालेको छ। मलाइकाले अरबाज खानसँगको १९ वर्षे वैवाहिक सम्बन्ध सन् २०१७मा तोडेर अर्जुनसँग प्रेमसम्बन्ध गाँसेकी हुन्।