काठमाडौँ l नेपाली चलचित्रका अभिनेता विपिन कार्की बलिउड चलचित्रमा देखिने भएका छन् l उनले बलिउड अभिनेता रणवीर कपूरसँग स्क्रिन सेयर गर्नेछन् l सन्दीप रेड्डी भांगाको निर्देशनमा बन्न लागेको चलचित्र 'एनिमल'मा उनी देखिन लागेका हुन् l उनलाई अडिसनबाट नभई निर्माण पक्षले सिधै फोन गरेर चलचित्रको लागि प्रस्ताव गरेको हो l
मुम्बईबाट निर्देशक सन्दीपको भाइ प्रणय रेड्डीले फोन गरेर उनलाई प्रस्ताव राखेका हुन् l हाल चलचित्रको दोस्रो सेड्युलको सुटिङ भइरहेको छ l विपिनले चलचित्रको स्क्रिप्ट पाएका छैनन् तर चलचित्रमा उनका प्राय दृश्य अनिल कपुरसँग रहनेछ। रणवीर कपुर, अनिल कपुर, बबि देओल, परिनीति चोपडा आदि कलाकारहरुको अभिनय रहने चलचित्रको मुम्बईमा हुने अन्तिम सेड्युलमा विपिन जोडिनेछन्। विपिन चलचित्रको प्रस्ताव प्रति सकारात्मक रहेका छन् l