'बाल्यकाल भन्दा पनि संघर्षका दिन फर्कियोस् भन्ने चाहन्छु'

 काठमाडौँ- आर्यन सिग्देलले आफ्नो छवि ‘चकलेटी हिरो’ को रुपमा स्थापित गरे।

 एक्सनमय फिल्मको समयमा आर्यनले दर्शकको मन लभ स्टोरी मार्फत जिते। ‘किस्मत’ मार्फत उदाएका आर्यनले ‘मेरो एउटा साथी छ’ पश्चात फर्किएर हेर्नु परेन। नेपाली फिल्ममा चकलेटी हिरोको लिस्टमा आर्यन नम्बर वान बने। यद्यपि यो उनले सहजै पाएका होइनन्। यसका लागि आर्यनले गरेको संघर्षको कथा बेग्लै छ। 

स्टेज शो, सिरियल, म्युजिक भिडियो पश्चात आर्यनले फिल्ममा आफ्नो स्टारडम बनाउने मौका पाएका थिए। यिनै आर्यनले एक म्युजिक भिडियो सार्वजनिक गर्ने कार्यक्रममा आफूले संघर्षका दिन फर्कियोस् भन्ने चाहेको बताए।’मलाइ बाल्यकाल भन्दा पनि संघर्षका दिन फर्कियोस् भन्ने लाग्छ।

‘निखिल दाइ, विराज दाइको समयमा मैले वर्षमा बढीमा दुई या तीन फिल्म गरेको छु। जबकी उहाँहरूको फिल्मको ६ भन्दा बढी हुन्थ्यो'। आर्यनले त्यो समयमा  आफूलाई फुर्सदिलो बनाएको र फुर्सदको समयलाई सदुपयोग गर्ने  गरेको बताए। ‘म खुशी छु। त्यसैले मैले कलाकारितामा लामो यात्रा तय गर्न सकेको छु’ उनले भने। आर्यन पछिल्लो समय म्युजिक भिडियोमा पनि उत्तिकै देखिन थालेका छन्। 

२०७६ सालमा आर्यनका दुई फिल्म  ‘हजार जुनीसम्म’ र ‘चचहुइ’ पश्चात पर्दामा नदेखिएका आर्यनले  ‘डिसेम्बर फल्स’ को छायांकन समेत गरिसकेका छन्। यस्तै उनले काम गर्ने भनिएको प्रोजेक्ट ‘मिरर’ पनि हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×