काठमाडाैँ - प्रिमियर लिगको सिजनको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा लिभरपुलका योगर्ने क्लोप र म्यानचेस्टर सिटीका पेप ग्वार्डियोला परेका छन। यस्तै ब्रेन्टफोर्डका थोमस फ्रांकसँगै न्यूक्यासलका इडी होवी र क्रिस्टल प्यालेसका प्याट्रिक भिएरापनि परेका छन।
ब्रेन्टफोर्डका थोमसले यो सिजनमा ३६ खेलमा १२ जितर, १७ हार र सात बराबरीको नतिजा हात पारेका छन। प्रिमियर लिगमा यो सिजनमा १३ औं स्थानमा रहेको ब्रेन्टफोर्डको प्रशिक्षक थोमसको खेलाउने शैली प्रभावशाली रहेको छ।
यस्तै मनोनयनमा परेका अर्को प्रशिक्षक हुन, पेप ग्वार्डियोला, उनको प्रशिक्षणमा सिटीले ३६ खेलमा २८ जित, पाँच बराबरी र तीन खेलमा हार ब्यहोरेको छ।
न्यूक्यासलका प्रशिक्षक इडीले टिमलाई सम्हाल्नु अगाडी न्युक्यासलले १४ खेलसम्म एक जितपनि निकाल्न सकेको थिएन। उसको त्यो बेला मात्र पाँच अंक थियो र रेलिगेसन जोनमा थियो। तर नोभेम्बरमा उनले टिमलाई सम्हालेपनि न्यूक्यासल यतिबेला १४ औं स्थानमा रहेकाे छ।
सिजनको उत्कृष्ट खेलाडी हुने होडमा रहेका अर्का प्रशिक्षक हुन योर्गेन क्लोप। क्लोपले यो सिजनमा लिभरपुललाई तीन वटा उपाधि दिलाउने संभावना छ। यदि त्यसो भएको खण्डमा एकै सिजनमा तीन पटक उपाधि जित्ने लिभरपुल पहिलो प्रिमियर क्लब बन्नेछ।
क्लोपको प्रशिक्षणमा लिभरपुलले यो सिजनमा अहिलेसम्म ३६ खेलमा २६ जित, आठ बराबरी र मात्र दुई खेलमा हार ब्यहोरेको छ। उसले ८९ गोल गर्दा २४ गोल खाएको छ।
यस्तै मनोनयनमा पर्ने अर्का प्रशिक्षक हुन प्याट्रिक भिएरा। प्रिमियर लिगमा पहिलो पटक प्रशिक्षकका रुपमा अनुबन्ध भएका भिएराले क्रिस्टल प्यालेसलाई रेलिगेसन जोनबाट निकालेर लिगको मध्यक्रममा ल्याएका छन।