नेपालले हङकङलाई १०५ रनको लक्ष्य दियो

काठमाडौँ। दुबईमा भइरहेको आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटको खेलमा नेपाल र हङकङ भिडीरहेका छन्।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई १०५ रनको लक्ष्य दिएको छ। नेपालले ३ विकेटको क्षतिमा १०४ रन जोडेको हो। जसमा सीताराना मगरले ४० रन,इन्दू बर्माले ३१ रन, काजल श्रेष्ठले ४ रन र कप्तान रुबिना क्षेत्रीले नटआउट २ रनको योगदान दिएका हुन्।  नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×