‘हामी नेपाली’ गीत सार्वजनिक

काठमाडौं - गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन् । गीतमा शब्द, संगीत संयोजन र स्वर  कर्ण स्वयंको रहेको छ । गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको छ । 

म्युजिक अरेन्ज राजु शाहले गरेका छन् भने रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ । बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन् । 

गीतको भिडियो गायक कर्णको आफ्नै युट्युब च्यानल ’ज्ञानेश के कर्ण’ बाट सार्वजनिक गरिएको हो।  यसअघि गायक कर्णले ’म अनि तिमी’ बोलको गीत सार्वजनिक गरिसकेका छन् । नयाँ गीतलाई हेरेर सुनेर प्रतिक्रिया दिन गायक कर्णले सबैलाई आग्रह गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×