अविरल बर्षाले केदारनाथकाे तीर्थयात्रामा राेक

भारत - उत्तराखण्डमा लगातारको मुसलधारे वर्षाका कारण पहिरोका कारण सडक भत्किएकाे छ। 

जसका कारण सवारी आवागमन नराम्ररी प्रभावित भएको छ। यसैबीच, मौसम विभागले उत्तराखण्डमा वर्षाको प्रक्रिया जारी रहने जानकारी दिएको छ। 

यस्तो अवस्थामा फेरि केदारनाथ यात्रा रोक्ने निर्णय गरिएको छ। लगातारको खराब मौसमका कारण यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले केदारनाथ धाम जाने यात्रुलाई सोनप्रयाग र गौरीकुण्डमा रोक लगाएको छ। 

अविरल वर्षाका कारण ४ राज्य सडक र १० वटा लिंक सडक अवरुद्ध भएका छन्।

भारी वर्षाका कारण मंदाकिनी र अलकनंदा नदीको बहाव बढेको अधिकारीहरूले बताएका छन्। भारत मौसम विभागले सोमबार उत्तराखण्डमा भारी वर्षाको बीचमा जुलाई १२ को लागि एलाे अलर्ट जारी गरी चेतावनी दिएकाे छ। आईएमडीले एक ट्वीटमा सूचित गरेको छ कि जुलाई १२ मा उत्तराखण्ड र आसपासका क्षेत्रहरू र पश्चिमी उत्तर प्रदेशमा भारी देखि धेरै भारी वर्षा (११५.६ देखि २०४.४ मिमी) को सम्भावना रहेकाे छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×