भारत। बलिउड अभिनेता संजय दत्त र अभिनेत्री रवीना टंडन आफ्नो आउँदो एक्शन-ड्रामा चलचित्र 'केजीएफ २' पछी एक पटक फेरी अर्को नयाँ चलचित्रमा सँगै देखिने भएका छन्। रिपोर्ट्सका अनुसार, दुवैले एक कमेडी चलचित्रका लागि सम्झौता गरेका छन्। यो चलचित्रको निर्देशन नयाँ निर्देशकले गर्नेछन्। चलचित्रको स्क्रिप्ट लेखीसकिएको छ। चाडै नै चलचित्रसँग सम्बन्धित आधिकारिक घोषणा गरिनेछ।