दमक - नेपाली कांग्रेस १ नं प्रदेश सदस्य तथा झापा, कमल–५ मङुगलबारे निवासी हुकुमसिंह राईले आफनो जन्मोत्सवको अवसर पारेर असहाय ,विपन्न समुदायलाई रु एक लाख बराबरको सहयोग उपलव्ध गराएका छन्।
जन्मदिनलाई सेवासँग जोडिएर वर्सेनि परोपकारी कार्य गरिआएका राईले आज कमल–७ को सिद्धश्वर गुरुकुल शिक्षा मन्दिरका बटुकलाई चप्पलसहित खाद्यान्न र सोही वडाको पाथीभरा टोल निवासी मिर्गौला रोगी ५० वर्षीय मनोज लकान्द्रीलाई रु १५ हजार आर्थिक सहयोग गरेका छन्।
यसैगरि उनले कमल–४ को जोगीचौनमा बस्दैआएका त्यहाँका २६ विपन्न परिवारलाई चामल एक बोरा, दाल, तेल, नून उपलब्ध गराए। सहायता सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी राईले जन्मदिनलाई स्वेच्छिक रुपमा यसरी नै सेवा पुर्याउँदै आएको बताए।