प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सांसदले दायर गरेको पूरक रिटमाथि सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेससहित विभिन्न दलका सांसदले सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ।

कांग्रेसका ५७ जना र अन्य दलका ३ जना सांसद गरी कुल ६० सांसदले दायर गरेको पूरक रिटमाथि बुधबार सर्वोच्च अदालतमा पेसी तोकिएको थियो। सोहीअनुसार आज सुनुवाइ सम्पन्न भएको हो।

सांसदहरूले प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको दाबी गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका छन्। यस विषयमा यसअघि दायर भएका रिटहरूसँगै पूरक रिटलाई समेत एकसाथ सुनुवाइ गरिएको हो।

अब सर्वोच्च अदालतको आदेशको प्रतीक्षामा राजनीतिक दल र आम नागरिकको ध्यान केन्द्रित भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×