'लप्पन छप्पन २' फागुन १३ बाट प्रदर्शनमा आउने पक्का

काठमाडौँ। नेपाली चलचित्र 'लप्पन छप्पन २' फागुन १३ बाट प्रदर्शनमा आउने पक्का भएको छ। कोरोनाका कारण केहि अगाडी नै प्रदर्शनमा आउने भनिएको चलचित्र अब प्रदर्शनमा आउन लागेको हो। चलचित्रको प्रदर्शन मिती भदौमै घोषणा गरिएको थियो। र, त्यसमा कुनै फेरबदल नभएको निर्माता तथा निर्देशक मुकुन्द भट्टले जनाएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफूले चलचित्र फागुन १३ मा प्रदर्शन नहुने हल्ला सुनेको, त्यसले आफूलाई केही असर नगरेको र चलचित्र फागुन १३मा नै प्रदर्शन हुने बताएका छन्।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×