साङ्गठनिक योजना निर्माणका लागि कार्यशाला

पोखरा। नेपाली कांग्रेस कास्कीले पार्टी सुदृढीकरणका लागि साङ्गठनिक योजना निर्माण गर्ने लक्ष्यका साथ कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। कास्की कांग्रेसका पदाधिकारी एवं सदस्य, क्षेत्रीय सभापति, प्रदेश सभापति, पोखरा महानगर सभापति, गाउँपालिका सभापति, निर्वाचित वडाध्यक्ष र उद्योग-व्यवसायी सहभागी कार्याशालामार्फत सुझावहरू सङ्कलन गरिएको पार्टीका जिल्ला सहसचिव नवीन सिग्देलले जानकारी दिए। 

प्राप्त सुझावका आधारमा योजनालाई अन्तिम रूप दिइने कांग्रेसले जनाएको छ। पहिलो चरणको योजना निर्वाचन लक्षित गर्दै छ महिनाको बनाइनेछ। कार्यशालामा प्रा डा इन्द्र तिवारी, पूर्वप्रशासक सूर्यप्रसाद भण्डारी, महाधिवेशन प्रतिनिधि डा कृष्णप्रसाद पौडेल, शिक्षासेवी विष्णु अधिकारीलगायतले सहजीकरण गरेका थिए। पार्टी सङ्गठनलाई मजबुत बनाउन योजना आवश्यक पर्ने भएकाले त्यसअनुरूप अघि बढ्न खोजिएको कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले जानकारी दिए । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×